अर्जुन भट्टराई

सडक अवरुद्ध हुँदा स्थानीयवासी प्रत्यक्ष रूपमा प्रभावित भएका छन् । बिरामी ओसारपसार, विद्यालय जानआउन तथा दैनिक उपभोग्य सामग्री ढुवानी गर्न समस्या भएको भोजपुर नगरपालिका–५ का वडाध्यक्ष फविन्द्र प्रधानले जानकारी दिए ।

10 articles published

राजनिती

हवाई सुरक्षाका लागि पूर्वाधार निर्माणमा सरकार गम्भीर हुनुपर्नेमा अध्यक्ष नेपालकाे जाेड

काठमाडौँ । नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले मुलुकको हवाई सुरक्षाका लागि आवश्यक पूर्वाधार निर्माणमा सरकार गम्भीर बन्नुपर्ने बताएका छन् । अध्यक्ष नेपालले बुधबार राति एक विज्ञप्ति जारी गर्दै “देशमा पछिल्लो समय हिमाली दृश्यावलोकन, ढुवानी र उद्धारका… Read More

२४ श्रावण २०८१

राजनिती

काठमाडौँमा राजदूतावास स्थापना गर्न ओमानसँग नेपालकाे आग्रह

काठमाडौँ । सरकारले ओमान सरकारसँग काठमाडौँमा राजदूतावास स्थापना गर्न आग्रह गरेको छ । परराष्ट्र सचिव सेवा लम्सालले बुधबार ओमानका उच्च अधिकारीहरूसँग मस्कटमा भएको भेटमा त्यस्तो आग्रह गरेकी हुन् । नेपाल–ओमान द्विपक्षीय परामर्श संयन्त्रको पहिलो बैठकमा परराष्ट्र सचिव लम्सालले २१… Read More

२४ श्रावण २०८१

समाचार

दूध उत्पादक किसानलाई तीन करोड अनुदान

कास्की । गण्डकी प्रदेश सरकारले दुग्ध उत्पादक किसानलाई  आर्थिक वर्ष २०८०/८१ मा दूध उत्पादनका आधारमा तीन करोड नौ लाख छ हजार अनुदान प्रदान गरेको छ । कृषि तथा भूमि व्यवस्था मन्त्रालय मातहतको पशुपक्षी तथा मत्स्य विकास निर्देशनालयले प्रदेशका ११ जिल्लाका ८५ स्थानीय तहमा उत्पादनमा आधारित प्रोत्साहन सहयोग कार्यक्रम… Read More

२४ श्रावण २०८१

समाचार

बागलुङ पहिरो : थप एक जनाको शव फेला, दुई जना अझै बेपत्ता

बागलुङ । गत मङ्गलबार यहाँको बडिगाड गाउँपालिका–१० आरुपाटामा खसेको पहिरोमा परी बेपत्तामध्ये थप एक जनाको शव फेला परेको छ । दुई जना अझै बेपत्ता छन् । पहिरोमा परी बेपत्ता भएकी सात वर्षीया मधु बुढाको शव आज बिहान फेला परेको हो । १० वर्षीय मनोज बुढा र ११ वर्षीय… Read More

२४ श्रावण २०८१

राजनिती

‘हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर छ’ : पर्यटनमन्त्री

काठमाडौँ । पर्यटन, संस्कृति तथा नागरिक उड्डयनमन्त्री बद्रीप्रसाद पाण्डेले नेपालको हवाई सुरक्षा अभिवृद्धिका लागि सरकार गम्भीर रहेको बताएका छन् । प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध र पर्यटन समितिको आजको बैठकमा उनले पछिल्लो समय नेपाली आकाशमा भएका हवाई दुर्घटनाले मन्त्रालयलाई गम्भीर बनाएको बताए ।  आफूसहित नेपाल नागरिक उड्डयन प्राधिकरणका उच्च अधिकारीले आज… Read More

२४ श्रावण २०८१

राजनिती

भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सांसदहरुको सुझाव

काठमाडौँ । सांसदहरुले भ्रष्टाचारका सम्बन्धमा हदम्याद राख्न नहुने सुझाव दिएका छन् । सिंहदरबारमा बिहीबार बसेको प्रतिनिधिसभा अन्तर्गतको राज्य व्यवस्था तथा सुशासन समितिको बैठकमा भ्रष्टाचार निवारण ऐन, २०५९ लाई संशोधन गर्न बनेको विधेयकमाथिको छलफलका क्रममा उनीहरुले भ्रष्टाचारसम्बन्धी मुद्दामा जुनसुकै समयमा पनि अनुसन्धान र पक्राउ गर्न सक्ने गरि हदम्याद राख्न… Read More

२४ श्रावण २०८१

अन्तराष्ट्रिय

रूसी नेता पुटिनलाई पक्राउ गर्न आग्रह

एजेन्सी । मेक्सिकोस्थित युक्रेनी दूतावासले रूसी नेता भ्लादिमिर पुटिनलाई नवनिर्वाचित राष्ट्रपति क्लाउडिया शेनबामको शपथग्रहण समारोहमा सहभागी भए पक्राउ गर्न मेक्सिको सरकारसँग आग्रह गरेको छ । पुटिनलाई ‘युद्ध अपराध’ मा संलग्न रूसी नेताको रूपमा संज्ञा दिँदै आएको किएभको प्रतिनिधिमण्डलले अक्टोबर… Read More

२४ श्रावण २०८१

अर्थ

नेप्से परिसूचक आज ६ दशमलव ७० अङ्कले बढ्यो

काठमाडौँ । धितोपत्र बजारमा शेयर कारोबार मापक नेप्से परिसूचक आज सामान्य अङ्कले उकालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार नेप्से परिसूचक छ दशमलव ७० अङ्कले उकालो लागेर दुई हजार सात सय ६६ दशमलव ३८ मा पुगेको छ ।… Read More

२४ श्रावण २०८१

समाचार

उद्योगपति श्रवणकुमार अग्रवालको निधन

काठमाडौँ । संविधानसभा सदस्य एवं वरिष्ठ उद्योगपति श्रवणकुमार अग्रवालको ७७ वर्षको उमेरमा निधन भएको छ । मारवाडी सेवा समितिका पूर्वअध्यक्ष अग्रवालको सोमबार राति सानेपास्थित आफ्नै निवासमा निधन भएको हो । उनी नेपाल उद्योग परिसङ्घका अध्यक्ष राजेशकुमार अग्रवालका पिता हुन् ।  नेपाल उद्योग परिसङ्घले आज शोक विज्ञप्ति निकालेर… Read More

२२ श्रावण २०८१

समाचार

पहिराेले अरनिकाे र बीपी राजमार्ग अवरुद्ध, एकतर्फी सुचारु

काभ्रे । गए रातिदेखि परेकाे अविरल वर्षासँगै आएकाे पहिराेले काभ्रेका अरनिकाे र बीपी राजमार्ग अवरुद्ध भएका छन् । आज बिहान करिब ११ बजे काभ्रेपलाञ्चोककाे धुलिखेल नगरपालिका वडा नम्बर ७ डम्पिङ साईड नजिकै अरनिको राजमार्गमा सडकभन्दा  माथिबाट पहिरो आउँदा  रुख… Read More

२२ श्रावण २०८१