राजनिती

सर्वोच्च अदालतबाट मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा रिट जारी

By अर्जुन भट्टराई

काठमाडौं । मेडिकल कलेज सञ्चालन गर्न पाउनुपर्ने माग राख्दै दायर गरिएको मुद्दामा सर्वोच्चबाट रिट जारी भएको छ । मेडिकल व्यवसायी दुर्गा प्रसाईँको पक्षमा सर्वोच्च अदालतबाट रिट जारी भएको हो ।

झापाको बिएण्डसी मेडिकल कलेजको तर्फबाट दायर रिटमा सर्वोच्चका न्यायाधीशद्वय कुमार चुडाल र शारंगा सुवेदीको संयुक्त इजलासले रिट जारी गरेको छ ।

सर्वोच्च अदालतले रिट निवेदककै पक्षमा रिट जारी गरेकाले अब दुर्गा प्रसाईँको लगानीमा रहेको झापाको बिएण्डसी मेडिकल कलेजले एमबिबिएस अध्यापन गराउन पाउने भएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.