राजनिती

नेसपाले गर्‍यो अध्यक्ष महिन्द्र राय यादवसहितलाई पदमुक्त

By अर्जुन भट्टराई

काठमाडौं । पार्टी विधि, पद्धति र अनुशासनविपरीत नेकपा माओवादी केन्द्रमा पार्टीलाई विलय गराउने दूषित मनसायले उनीहरूले पार्टी एकताका नाममा जारी गरेको वक्तव्यलाई सर्वसम्मतरूपमा अमान्य घोषित गर्दै पार्टी हितविपरीतका गतिविधिमा संलग्न भएको भन्दै नेपाल समाजवादी पार्टी (नेसपा) को छैटौँ पूर्ण बैठकले अध्यक्ष महिन्द्र राय यादव, सहअध्यक्ष गंगानारायण श्रेष्ठ, महासचिव रमेश यादवसहितलाई पदमुक्त गरेको छ ।

बैठकले यसभन्दा अघि गठित पार्टी एकता÷ध्रुवीकरण संयोजन समिति भंग गरेको छ । बैठकले पार्टीको विधान २०७९ को धारा ६१ बमोजिम प्रस्तुत नेपाल समाजवादी पार्टी नियमावली २०८० लाई छलफल गरी पारित गरेको छ । त्यसैगरी प्रत्यक्ष निर्वाचन प्रणालीद्वारा पार्टीको महाधिवेशन २०८१ माघमा गर्ने निर्णय गरेको छ ।

पार्टी केन्द्रीय समिति महाधिवेशन आयोजक समितिमा रूपान्तरण, प्रदेश र स्थानीय समितिहरू अधिवेशन आयोजक समितिमा रूपान्तरण गरिएको नेपाल समाजवादी पार्टीले जनाएको छ ।

बैठकले राष्ट्रिय महाधिवेशन आयोजक समितिको संयोजकमा डा. बाबुराम भट्टराईलाई सर्वसम्मत चयन गरेको छ । केन्द्रीय कार्यकारिणी समिति सचिवालयमा रूपान्तरण भएको छ भने २०८१ वैशाखदेखि भदौसम्म पार्टी निर्माण र संगठन विस्तार अभियान सञ्चालन गरिने नेपाल समाजवादी पार्टीको भनाइ छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.