राजनिती

राप्रपाले गर्‍यो सहायक महामन्त्रीसहित तीनजनालाई निलम्बन

By अर्जुन भट्टराई

काठमाडौं । राप्रपा अध्यक्ष राजेन्द्र लिङ्देनले पार्टीका सहायक महामन्त्री प्रेम बलायर, काठमाडौं– ४ का क्षेत्रीय अध्यक्ष रिद्धिप्रताप राणा र राष्ट्रिय प्रजातान्त्रिक युवा संगठनका सदस्य सचिव निराजन बमलाई चार वर्षका लागि निलम्बन गरेका छन् ।

अध्यक्ष लिङ्देनले राप्रपा केन्द्रीय कार्यसम्पादन समितिका सदस्य ठाकुरमोहन श्रेष्ठमाथि कुटपिटमा संलग्न भएको आरोप लागेका ३ जनालाई निलम्बन गरेका हुन् ।

२७ फागुनमा पार्टी कार्यालय धुम्बाराहीमा पार्टीको केन्द्रीय कार्यसम्पादन समितिको बैठक चलिरहेको समयमा कार्यालय हाताभित्र श्रेष्ठमाथि कुटपिट भएको थियो । घटनाको आवश्यक छानबिन गरी केन्द्रीय अनुशासन समितिले सिफारिस गरेपछि उनीहरू निलम्बनमा परेका हुन् ।

केन्द्रीय कार्यसम्पादन समितिमा उपाध्यक्ष विक्रम पाण्डेसँग विवाद परेपछि पाण्डे पक्षधरले श्रेष्ठमाथि कुटपिट गरेका थिए । कारबाहीमा परेका सहायक महामन्त्री बलायर स्वकीय सचिवसमेत हुन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.