राजनिती

ओलीले कांग्रेसलाई भने, भोलि उठी कहाँ जाने केही थाहा छैन

By अर्जुन भट्टराई

नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले नेपाली कांग्रेस पार्टी राजनीतिक नभएको टिप्पणी गरेका छन्। ३० औं मदन–आश्रित स्मृति दिवसका सन्दर्भमा पुरानो पार्टी कार्यालय बल्खुमा आयोजित कार्यक्रममा कांग्रेसलाई ‘हावा न चावा’को पार्टीको संज्ञा दिएका हुन्।

‘नेपाली कांग्रेस भन्ने एउटा पार्टी छ, हावा न चावाको! कुनै राजनीतिक संज्ञा दिन पनि मन लाग्न छाडिसक्यो। त्यो पार्टीलाई हावा न चावाको पार्टी बनाइयो,’ उनले भने।उनले देश गम्भीर परिस्थितिमा भएका बेला लामो इतिहास बोकेको कांग्रेस किंकर्तव्यविमूढ बन्न पुगेको बताए।

‘भोलि उठी कहाँ जाने केही थाहा छैन, के गर्नुपर्ने हो? आज देशलाई कसरी सही बाटोमा लानुपर्ने हो? त्यो कुरामा छैन। त्यसमा सोच्न सक्ने अवस्थामा छैन। यसको अर्थ हो हाम्रो पार्टी एक्लैले यो अभिभारा वस्तुतः पूरा गर्नुपर्ने छ,’ उनको भनाइ थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.