राजनिती

९ महिनापछि बस्दै, एमाले केन्द्रीय कमिटी बैठक

By अर्जुन भट्टराई

नेकपा (एमाले) को केन्द्रीय कमिटीको बैठक आज बस्दैछ। बैठक पार्टी मुख्यालय ललितपुर, च्यासलमा बिहान १० बजेबाट सुरू हुने प्रचार विभाग उपप्रमुख विष्णु रिजालले जानकारी दिए।

sf7df8f}F, $ ;fpg M Pdfn]sf] s]Gb|Lo sld6L a}7s nlntk”/sf] t”N;Lnfn :d[lt k|lti7fgdf ;f]daf/ a;]sf] g]kfn sDo”lgi6 kf6L{ -Pdfn]_ sf] !) cf}F s]Gb|Lo sld6Lsf] a}7sdf ;xefuLx? . tl:a/ M rGb|snf If]qL÷/f;;

तीन दिनसम्म चल्ने केन्द्रीय कमिटीको पाँचौं बैठकमा बिहीबार (आज) अध्यक्ष केपी शर्मा ओलीको राजनीतिक प्रतिवेदन प्रस्तुत गर्ने कार्यसूची छ।

फागुन ५ गतेबाट पार्टीले सुरू गरेको ‘मिसन ग्रासरूट’को समीक्षाअन्तर्गत आजै ९ वटा प्रदेश (७ भूगोल, २ गैरभूगोल) कमिटीहरूले प्रतिवेदन पेस गर्ने कार्यसूची रहेको रिजालले बताए।

‘आजको बैठकमा अध्यक्षको राजनीतिक प्रतिवेदनसँगै मिसन ग्रासरूट अभियानको समीक्षा अन्तर्गत प्रदेशका प्रतिवेदन पेस हुन्छ,’ उनले सेतोपाटीसँग भने।

मंगलरबार बसेको सचिवालय बैठकले १० वटा कार्यसूची तय गरेको थियो। जसअन्तर्गत चौथो केन्द्रीय कमिटी बैठकयताका निर्णयहरूको जानकारी, अनुमोदन, प्रदेश कमिटीको वार्षिक कार्ययोजना, स्थायी कमिटीको बैठक, कार्यविभाजन, पार्टी प्रवेशीको व्यवस्थापन, समसामयिक प्रस्ताव आदि विषय छन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.