नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ भनि परराष्ट्रमन्त्री शिशिर खनालले बताएका छन्। गैरआवासीय नेपाली संघ (एनआरएनए) को ११औँ एसिया प्रशान्त क्षेत्रीय सम्मेलन तथा ‘आरोहण २०२६’ ले एसिया प्रशान्त क्षेत्रमा रहेका गैरआवासीय नेपालीबीच आपसी एकता र सहकार्यलाई थप सुदृढ बनाउँदै नेपालको आर्थिक समृद्धिका लागि महत्वपूर्ण योगदान पुर्याउने विश्वास व्यक्त गरेका छन् । काठमाडौंबाट शुभकामना सन्देश पठाउँदै उनले जनवादी गणतन्त्र चीनको ग्वाङजाउमा सन् २०२६ अगस्ट १५ र १६ मा आयोजना भइरहेको ११औँ एनआरएनए एसिया प्रशान्त क्षेत्रीय सम्मेलन ‘आरोहण २०२६’ को सफलताको कामना गरेका छन् । उनले विश्वका विभिन्न मुलुकमा रहेर पनि आफ्नो मातृभूमिप्रतिको माया, अपनत्व र जिम्मेवारीलाई निरन्तर जीवन्त राख्दै आएका गैरआवासीय नेपालीको योगदान नेपालको विकास यात्रामा अत्यन्त महत्वपूर्ण रहेको बताए । नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्दै नेपालको आर्थिक, सामाजिक तथा अन्तर्राष्ट्रिय सम्बन्धको सुदृढीकरणमा उनीहरूले निर्वाह गर्दै आएको भूमिकाको हार्दिक प्रशंसा गर्ने उनले उल्लेख गरे ।
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ
By अर्जुन भट्टराई •
Related Posts
राजनिती
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
१ भदौ २०८३
राजनिती
कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड
३० श्रावण २०८३
राजनिती
ग्यासको आपूर्ति पर्याप्त, अनावश्यक सञ्चय नगर्न आग्रह
२९ श्रावण २०८३
