कानून, न्याय तथा संसदीय मामिला मन्त्री सोविता गौत्तमले लोकतन्त्रलाई बलियो बनाउन मातृभाषा पत्रकारिताको भूमिका महत्वपूर्ण रहेको बताएकी छन्। सोमबार नेपाल आदिवासी जनजाति पत्रकार महासंघले आयोजना गरेको तेस्रो अन्तर्राष्ट्रिय मातृभाषा पत्रकारिता सम्मेलन–२०२६ लाई सम्बोधन गर्दै मन्त्री गौत्यमले राज्यका सूचना नागरिकले आफ्नै मातृभाषामा प्राप्त गर्न पाउने अवस्था लोकतन्त्रका लागि आवश्यक रहेको बताइन्। उनले नेपालको परिचय इतिहासका दस्तावेजमा मात्र नभई यहाँका संस्कार, संस्कृति, चाडपर्व, भाषा र लवजशैलीमा समेत देखिने उल्लेख गरिन्। नेपाल बहुजाति, बहुभाषी, बहुसांस्कृतिक मुलुक हो। यसमा मातृभाषा पत्रकारहरूको भूमिका महत्वपूर्ण छ। मातृभाषा पत्रकारिताको महत्व बुझेर तपाईंहरूले यसलाई अभियानका रूपमा चलाइरहनुभएको छ, उनले भनिन्। मन्त्री गौत्यमले राज्यका कामकारबाही र सूचनाबारे प्रत्येक नागरिकले आफूले बुझ्ने तथा आमाले सिकाएको भाषामा जानकारी पाउने अवस्था भए मात्रै लोकतन्त्र बलियो हुने बताइन्। लोकतन्त्र त्यतिबेला मात्र बाँच्छ, जतिबेला राज्यका हरेक नागरिकले आफ्नै भाषामा आफूले जाने–बुझेको, आफ्नै आमाले सिकाएको भाषामा राज्यले गरेका कामकारबाहीबारे सुसूचित हुने मौका पाउँछ, उनले भनिन्। नेपालका विभिन्न कुनाकाप्चामा पुग्दा नागरिकले राज्यका सबै सूचना प्राप्त गर्न नसकेको अवस्था अझै रहेको भन्दै उनले राज्य र नागरिकबीचको सूचना दूरी मेटाउन सरकारका तर्फबाट पहल भइरहेको बताइन्। त्यो दूरी मेटाउने सबैभन्दा ठूलो जिम्मेवारी मातृभाषाका पत्रकार साथीहरूको काँधमा छ, मन्त्री गौत्यमले भनिन्।
मातृभाषा पत्रकारिताले राज्य र नागरिकबीचको दूरी मेटाउँछ
By अर्जुन भट्टराई •
Related Posts
राजनिती
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
१ भदौ २०८३
राजनिती
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ
३१ श्रावण २०८३
राजनिती
कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड
३० श्रावण २०८३
