राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आगामी भदौ महिनादेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने भएको छ। आइतबार एक विज्ञप्ति जारी गर्दै रास्वपाका सहमहामन्त्री असिम शाहले जनउत्तरदायी, पारदर्शी र परिणाममुखी राजनीतिक संस्कारको विकास गर्ने उद्देश्यले कार्यक्रम सञ्चालन गर्न लागिएको जानकारी दिएका हुन् । कार्यक्रमअन्तर्गत सरकारमा सहभागी रास्वपाका मन्त्रीहरू महिनामा कम्तीमा एकपटक अनिवार्य रूपमा केन्द्रीय पार्टी कार्यालयमा उपस्थित भई नागरिक तथा पार्टी पंक्तिसँग प्रत्यक्ष संवाद गर्नेछन्। कार्यक्रम दुई चरणमा सञ्चालन हुनेछ। पहिलो चरणमा साँझ ५ बजेदेखि ६ बजेसम्म मन्त्रीहरूले आम नागरिकका गुनासा, समस्या, अपेक्षा तथा सुझाव प्रत्यक्ष रूपमा सुन्नेछन्। त्यसपछि साँझ ६ बजेबाट दोस्रो चरणअन्तर्गत ‘नेतृत्व संवाद’ हुनेछ। रास्वपाका अनुसार कार्यक्रमको मुख्य उद्देश्य नागरिक, सरकार, व्यवस्थापिका र पार्टी संगठनबीच समन्वयलाई प्रभावकारी बनाउँदै नागरिकका मुद्दा सम्बोधन गर्न साझा रणनीति निर्माण गर्नु हो।
रास्वपाले भदौदेखि ‘नागरिक, नीति र नेतृत्व’ कार्यक्रम सञ्चालन गर्ने
By अर्जुन भट्टराई •
Related Posts
राजनिती
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
१ भदौ २०८३
राजनिती
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ
३१ श्रावण २०८३
राजनिती
कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड
३० श्रावण २०८३
