नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति भएको छ । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले यस्तो भनेका छन् । आइतबार सामाजिक सञ्जालमार्फत शुभकामना सन्देश जारी गर्दै अध्यक्ष ओलीले आपसी मेलमिलाप, सहअस्तित्व र एकताले राष्ट्रिय सामथ्र्य थप मजबुत बनाउने बाताए । उनले भने, ‘नेपालको जातीय, भाषिक र सांस्कृतिक विविधता हाम्रो राष्ट्रिय सौन्दर्य र शक्ति हो। हामी बीचको आपसी मेलमिलाप, सहअस्तित्व र एकताले हाम्रो राष्ट्रिय सामथ्र्य बढाउने छ ।’ ओलीले नेपालको संविधानले सबै समुदायका लागि समान अधिकार तथा समावेशी र सहभागितामूलक प्रतिनिधित्वको सुनिश्चितता गरेको बताए । विश्व आदिवासी दिवसको अवसरमा ओलीले स्वदेश तथा विदेशमा रहेका सम्पूर्ण आदिवासी समुदायलाई शुभकामना व्यक्त गरे । उनले आदिवासी समुदायको हक, अधिकार, संस्कृति र पहिचानको सम्मान गर्नुपर्ने बताए । उनले समावेशी लोकतान्त्रिक व्यवस्था र राष्ट्रिय स्वाधीनताको रक्षा गर्दै समृद्ध नेपाल निर्माणको साझा लक्ष्यमा एकताबद्ध हुन सबैमा आह्वान समेत गरे ।
नेपालको विविधता राष्ट्रिय सौन्दर्य र शक्ति
By अर्जुन भट्टराई •
Related Posts
राजनिती
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
१ भदौ २०८३
राजनिती
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ
३१ श्रावण २०८३
राजनिती
कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड
३० श्रावण २०८३
