खेलकुद

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने

By अर्जुन भट्टराई

अखिल नेपाल फुटबल संघ (एन्फा)का आसन्न निर्वाचनका लागि कर्माछिरिङ शेर्पाले अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गरेका छन् ।

सोमबार काठमाडौंमा पत्रकार सम्मेलन गर्र्दै एन्फाको वर्तमान अध्यक्ष समेत रहेका शेर्पाले असार ६ गते हुने केन्द्रिय निर्वाचनका लागि अध्यक्ष पदमा उम्मेदवारी दिने घोषणा गगरेका छन् । शेर्पा चार वर्षअघि अत्याधिक बहुमत सहित एन्फा अध्यक्षमा निर्वाचित भएका थिए । उम्मेदवारी घोषणा गर्दै शेर्पाले चार वर्षमा चाहेजति गर्न नसकेको बताएका छन् । कोरोना महामारीका बेला ठप्प बनेको फुटबल क्षेत्रलाई केहि चलायमान गराउन आफुले प्रयास गरेको उनले भनाई छ । उनले फुटबललाई नीतिगत रूपमा अघि बढाउने काम चार वर्षमा भएको दावी गरे । पहिलो कार्यकालमा धेरै कामहरु सुरु भएको र ती कामहरुलाई पुर्णता दिएर नेपाली फुटबललाई अझैं माथि पु¥याउन पनि फेरि उम्मेदवारी दिन लागेको उनले बताए । उनले एन्फामा खेलाडीहरुको तलब बृद्धिको काम भएको, खेलाडीहरुलाई उपचार लगाएतका विभिन्न सुविधाहरु उपलव्ध गराएको पनि बताए । शेर्पाले आफु निर्वाचित भएर आएमा एन्फालाई डिजिटल प्रविधीमा लैजाने घोषणा गरेका छन् ।

यस्तै शेर्पा प्यानलबाट वरिष्ठ उपाध्यक्षमा शिक्षित पराजुली, उपाध्यक्षमा कुमार केसी, उपेन्द्रमान सिंह र रत्नकुमार श्रेष्ठ रहनुभएको छ । सदस्यमा दिपक थापा, प्रविण यादव, रूपेश अधिकारी, लोकेन्द्र गुरूङ, रामराजा गुरूङ, टीका लामा, प्रदेश सिंह राठोर, भरत थापा, अनिल श्रेष्ठ,रमेश ब्यन्जनकार, मणीराज विष्ट र मनिष जोशीले उम्मेदवारी घोषणा गरेका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.