राजनिती

शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची?

By अर्जुन भट्टराई •

शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दै, के छ कार्यसूची?

काठमाडौं। सङ्घीय संसदअन्तर्गत शुक्रबार तीनवटा संसदीय समितिको बैठक बस्दैछन्।

आज बस्ने बैठकहरूमा विकास, आर्थिक मामिला तथा सुशासन समिति; विधायन व्यवस्थापन समिति; र संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समिति रहेका छन्।

विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक बिहान ११ बजे सङ्घीय संसद सचिवालय भवनमा बस्नेछ। यस बैठकमा आर्थिक वर्ष २०८३/०८४ को वार्षिक कार्ययोजना तयारीबारे छलफल गरिनेछ।

सोही समयमा विधायन व्यवस्थापन समितिको बैठक पनि सिंहदरबारमा बिहान ११ बजे बस्दैछ, जहाँ अभिमुखीकरण कार्यक्रमसम्बन्धी विषयमा छलफल हुनेछ।

संघीयता सबलीकरण तथा राष्ट्रिय सरोकार समितिको बैठक भने दिउँसो २ः३० बजे विकास, आर्थिक मामिला तथा सुशासन समितिको बैठक कक्षमा बस्नेछ। उक्त बैठकमा दक्षिणी सीमा क्षेत्रका नागरिकको शान्ति सुरक्षासम्बन्धी विषयमा छलफल हुने जनाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.