राजनिती

मनसुनमा विपद् र सुरक्षित यातायातका लागि सभामुख अर्यालको सरकारलाई ध्यानाकर्षण

By अर्जुन भट्टराई

मनसुनमा विपद् र सुरक्षित यातायातका लागि सभामुख अर्यालको सरकारलाई ध्यानाकर्षण

काठमाडौं । मनसुन सुरु भएसँगै बाढी, पहिरो र डुबानका घटना बढ्न थालेपछि सभामुख डोलप्रसाद अर्यालले यसबाट हुने मानवीय र भौतिक क्षति घटाउन सरकारलाई ध्यान दिलाएका छन्।

मंगलबार बसेको प्रतिनिधिसभाको बैठकमा सभामुख अर्यालले विपद् पूर्वतयारी, राहत तथा उद्धार कार्यलाई थप प्रभावकारी बनाउन र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन नेपाल सरकारलाई आग्रह गरे।

उनले भने, ‘यस वर्षको मनसुन सुरु भइ बाढी, पहिरो तथा डुबानजस्ता विपद्जन्य घटनाहरू बढ्न थालेका छन्। यस्ता घटनाबाट हुन सक्ने मानवीय एवं भौतिक क्षति न्यूनीकरणका लागि प्रभावकारी विपद् पूर्वतयारी, राहत तथा उद्धार र सुरक्षित सवारी आवागमनको व्यवस्था मिलाउन म नेपाल सरकारको ध्यानाकर्षण गराउँछु।’

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.