राजनिती

परिवर्तनको भ्रमबाट देश बदलिँदैन : एमाले महासचिव शंकर पोखरेल

By अर्जुन भट्टराई

परिवर्तनको भ्रमबाट देश बदलिँदैन : एमाले महासचिव शंकर पोखरेल

काठमाडौं । नेकपा एमालेका महासचिव शंकर पोखरेलले देशको वर्तमान संकट समाधानका लागि सस्तो लोकप्रियतावाद (पपुलिजम) वा क्षणिक उत्तेजना पर्याप्त नहुने स्पष्ट पारेका छन्।

सामाजिक सञ्जालमा आफ्नो धारणा सार्वजनिक गर्दै पोखरेलले देश रूपान्तरणका लागि वैचारिक स्पष्टता, स्पष्ट गन्तव्य र राजनीतिक इमानदारी अनिवार्य रहेको बताए।

उनले देशमा व्याप्त विकृति, विसङ्गति र बेथिति हटाउने जिम्मेवारी गलत नेतृत्वलाई सुम्पनु नेपाली समाजको ठूलो भूल भएको उल्लेख गरे। आफैँभित्रका विकृति र आचरणगत कमजोरी सुधार्न नसक्ने नेतृत्वलाई राजनीति सुधारको जिम्मा दिनु सबैभन्दा ठूलो गल्ती थियो भन्ने कुरा नेपाली समाजले विस्तारै महसुस गर्न थालेको पनि पोखरेलले बताए।

चर्का भाषण र सस्तो लोकप्रियताको भरमा देश बदल्ने दाबी गर्नेहरूको कार्यशैली नै विरोधाभासपूर्ण देखिएको भन्दै उनले यस्तो नेतृत्वबाट देश रूपान्तरण सम्भव छैन भन्ने कटु यथार्थ अब स्पष्ट भइसकेको बताए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.