खेलकुद

एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिगमा पुरुषतर्फ लगातार तेस्रो जित

By अर्जुन भट्टराई

नेपाल पुलिस क्लबले छैटौं संस्करणको आरबीबी–एनभीए राष्ट्रिय महिला तथा पुरुष क्लब भलिबल लिग प्रतियोगिताको पुरुषतर्फ लगातार तेस्रो जित निकालेको छ ।

त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार गण्डकी प्रदेशलाई ३–० को सेटमा हराउँदै पुलिसले तेस्रो जित निकालेको हो । तेस्रो जित निकाल्ने क्रममा पुलिसले गण्डकीमाथि २५–२३, २५–१६ र ३२–३० को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले ३ खेलमा ९ अंक जोडेको छ । गण्डकीले ३ खेलमा ५ अंक जोडेको छ । त्यस्तै बुधबार नै न्यु डायमण्ड त्रिभुवन आर्मी क्लबसँग तीन शुन्यको सोझो सेटमा पराजत भयो । न्यु डायमण्ड आर्मीसँग २५–१६, २५–१२ र २५–१२ ले पराजित भएको हो ।

त्यस्तै नेपाल पुलिस क्लबले महिलातर्फ लगातार दोस्रो जित निकालेको छ । त्रिपुरेश्वरस्थित राखेपको कभर्डहलमा बुधबार एभरेस्ट भलिबल क्लबलाई ३–० को सेटमा हराउँदै पुलिसले दोस्रो जित निकालेको हो । पुलिसले एभरेस्टमाथि २५–१८,२५–१९ र २५–१४ को सेटमा जित निकाल्यो । जितसँगै पुलिसले २ खेलमा ६ अंक जोडेको छ । पुलिस शीर्ष स्थानमा रहेको छ । महिलाकै दोस्रो खेलमा त्रिभुवन आर्मी क्लबले न्यु डायमण्ड स्पोर्ट्स क्लबलाई ३–० को सेटमा हराएको छ । आर्मीले न्यु डायमण्डमाथि २५–१६, २५–१२ र २५–१२ ले हराएको हो ।

लिगमा पुरुषतर्फ ७ टिम र महिलातर्फ ५ टिमको सहभागिता रहेको छ । पुरुषतर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, हेल्प नेपाल, गण्डकी प्रदेश, गल्कोट स्पोर्ट्स क्लब र ढोरपाटन क्लब रहेको छ । महिलातर्फ त्रिभुवन आर्मी क्लब, नेपाल पुलिस क्लब, एपीएफ क्लब, न्यु डायमण्ड र एभरेस्ट मावि रहेको छ । विजेताले ६ लाख, उपविजेताले ३ लाख, तेस्रोले १ लाख ५० हजार र चौंथोले ७५ हजार प्राप्त गर्ने छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.