राजनिती

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४१ करोड बजेट छुट्याइयो : वनमन्त्री चौधरी

By अर्जुन भट्टराई

मानव-वन्यजन्तु द्वन्द्व घटाउन ४१ करोड बजेट छुट्याइयो : वनमन्त्री चौधरी

काठमाडौं । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले मानव-वन्यजन्तु द्वन्द्वबाट पीडित किसान र स्थानीय समुदायको सुरक्षा तथा राहत आफ्नो मन्त्रालयको प्राथमिकतामा रहेको बताएकी छन्।

आज राष्ट्रियसभाको बैठकमा सांसदहरूका प्रश्नको जवाफ दिँदै मन्त्री चौधरीले द्वन्द्व न्यूनीकरणका लागि आवश्यक संरचना निर्माण, रोकथाम तथा संरक्षणसम्बन्धी कार्यक्रमहरू निरन्तर रूपमा सञ्चालन गरिएको जानकारी दिइन्।

उनले भनिन्, ‘मानव-सहअस्तित्व कार्यक्रमअन्तर्गत आर्थिक वर्ष २०८३/८४ का लागि ४१ करोड ११ लाख रुपैयाँ बजेट विनियोजन गरिएको छ।’

यो बजेटबाट पानी पोखरी निर्माण, सोलार फेन्स जडान, घाँसे मैदान विकास, वन्यजन्तु ह्यान्डलिङ तथा उद्धारका लागि उपकरण खरिद, खेतीयोग्य जमिन जोगाउन मेस वायर फेन्स निर्माण तथा द्वन्द्व न्यूनीकरणसँग जोडिएका अन्य पूर्वाधार निर्माणमा खर्च गरिने मन्त्री चौधरीले बताइन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.