काठमाडौं । आज शुक्रबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ।
सार्वजनिक लेखा समितिको बैठक बिहान १० बजे बस्नेछ। यस बैठकमा बेरुजु छलफल उपसमिति गठन सम्बन्धी विषयमा छलफल हुनेछ।
त्यसैगरी, सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बिहान १०:१५ बजे बस्नेछ। उक्त बैठकमा पुस्तकालय नीतिका सम्बन्धमा विज्ञहरूले प्रस्तुती दिनेछन् र विविध विषयमा पनि छलफल हुने कार्यसूची रहेको छ।
