खेलकुद

फिफा विश्वकपको लहरले चीनको अर्थतन्त्रमा नयाँ ऊर्जा

By अर्जुन भट्टराई

फिफा विश्वकपको लहरले चीनको अर्थतन्त्रमा नयाँ ऊर्जा

फिफा विश्वकप फुटबलले चीनको अर्थतन्त्रलाई नयाँ गति दिएको छ। विशेषगरी सांघाइमा विश्वकपको उत्साह चरममा छ र यसले त्यहाँको आर्थिक गतिविधिलाई उल्लेखनीय रूपमा चलायमान बनाएको छ।

शहरभर पपअप प्रदर्शनी, रेस्टुरेन्ट र ठूला स्क्रिनमा सामूहिक रूपमा खेल हेर्ने व्यवस्थाले व्यापार र उपभोगमा नयाँ जोश थपिएको छ। खेलकुद, सामाजिक जीवन र सहभागितामूलक अनुभवलाई एकसाथ जोड्ने नयाँ व्यावसायिक मोडेलको रूपमा पनि यो क्षेत्र विकसित हुँदै गइरहेको छ।

फुटबल प्रेमी तियान वुजीले भने, ‘म र मेरा साथीहरू हरेक सप्ताहन्त सँगै फुटबल खेल्छौँ। विश्वकपका बेला हामी कसैको घरमा भेला हुन्छौँ, वा नजिकैको स्पोर्ट्स बारमा खेल हेर्छौँ। कामपछि सँगै बसेर पेय पदार्थको मजा लिँदै खेल हेर्न पाउनु निकै रमाइलो हुन्छ।’

अर्का समर्थक वाङ मेङयुआनले भने, ‘मैले जर्मन र फ्रेन्च भाषा आफैँ सिकेको हुँ, त्यसैले युरोपेली फुटबल संस्कृतिप्रति मेरो गहिरो रुचि छ। अनलाइनमा मूल भाषाको कमेन्ट्री सुनेर खेल हेर्दा भाषाको अभ्यास पनि हुन्छ र खेलको आनन्द पनि मिल्छ।’

फुटबलप्रतिको यही जोश र उत्साहले स्थानीय खुद्रा व्यापार र उपभोगलाई नयाँ ऊर्जा दिएको छ। यसले विश्वभरका समर्थकहरूलाई समेत आकर्षित गरिरहेको छ। चीनभर खेलकुद, मनोरञ्जन र व्यवसायको यो संयोजनले सहरी क्षेत्रहरूलाई चलायमान बनाउनुका साथै ठूलो संख्यामा मानिसहरूलाई बाहिर निस्कन प्रेरित गरी रात्रिकालीन अर्थतन्त्रलाई समेत टेवा पुर्‍याइरहेको छ। (स्रोत: सीसीटीभीप्लस)

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.