काठमाडौं । राष्ट्रियसभाको बैठक आज बिहीबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको छ। बैठकमा धेरै महत्त्वपूर्ण विधेयकहरूमाथि छलफल र पारितको कार्यसूची तय गरिएको छ।
बैठकमा विधायन व्यवस्थापन समितिका सभापति कृष्ण बहादुर रोकायले प्रतिनिधिसभाबाट सन्देशसहित प्राप्त चारवटा विधेयकसँग सम्बन्धित समितिका प्रतिवेदनहरू सभा समक्ष पेस गर्नेछन्। ती विधेयकहरू यस प्रकार छन् — सार्वजनिक खरिद (दोस्रो संशोधन) विधेयक २०८३, सम्पत्ति शुद्धीकरण (मनी लाउण्डरिङ) निवारण (तेस्रो संशोधन) विधेयक २०८३, सहकारी (पहिलो संशोधन) विधेयक २०८३, र स्वास्थ्य विज्ञान प्रतिष्ठानसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयक २०८३।
यसका अतिरिक्त, अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले आर्थिक विधेयक २०८३ माथि दफावार छलफल गर्ने प्रस्ताव पेस गर्नेछन् र त्यसलाई पारित गरी प्रतिनिधिसभामा फिर्ता पठाउने प्रस्ताव पनि राख्नेछन्। साथै, डा. वाग्लेले राष्ट्र ऋण उठाउने विधेयक २०८३ माथि पनि दफावार छलफल र पारितको प्रस्ताव सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ।
