राजनिती

आजको प्रतिनिधिसभा बैठकमा के छ कार्यसूची? जान्नुहोस् विस्तारमा

By अर्जुन भट्टराई

आजको प्रतिनिधिसभा बैठकमा के छ कार्यसूची? जान्नुहोस् विस्तारमा

काठमाडौं । प्रतिनिधिसभाको बैठक आज बिहीबार बिहान ११ बजे सिंहदरबारमा बस्ने भएको छ।

बैठकमा प्रधानमन्त्री बालेन शाहको तर्फबाट कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोबिता गौतमले दुईवटा महत्त्वपूर्ण वार्षिक प्रतिवेदन पेस गर्ने छिन्। ती हुन् — ‘महान्यायाधिवक्ताको वार्षिक प्रतिवेदन २०८१/२०८२’ र ‘अख्तियार दुरूपयोग अनुसन्धान आयोगको ३५औँ वार्षिक प्रतिवेदन २०८१/२०८२’।

यसका साथै मन्त्री गौतमले ‘राष्ट्रिय सेवा दल विधेयक, २०८३’ पनि सदनमा प्रस्तुत गर्ने कार्यसूची रहेको छ। बैठकमा ‘नेपाल विशेष सेवा ऐन, २०४२ को साविकको व्यवस्था जगाउने सम्बन्धी विधेयक, २०८३’ माथि विचार गरियोस् भन्ने प्रस्ताव पनि राखिने छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.