राजनिती

जेठ १७ को घटनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई हस्तान्तरण

By अर्जुन भट्टराई

जेठ १७ को घटनासम्बन्धी छानबिन समितिको प्रतिवेदन कार्यान्वयनका लागि संसद् सचिवालयलाई हस्तान्तरण

काठमाडौं। प्रतिनिधिसभाको जेठ १७ गतेको बैठकमा उत्पन्न परिस्थितिको छानबिन गर्न गठित समितिले आफ्नो प्रतिवेदन तयार पारेको छ। सभामुखबाट उक्त प्रतिवेदन आवश्यक कार्यान्वयनका लागि संघीय संसद् सचिवालयलाई हस्तान्तरण गरिएको छ।

संघीय संसद् सचिवालयले बुधबार जारी गरेको प्रेस विज्ञप्तिअनुसार, २०८३ जेठ १७ गते बसेको प्रतिनिधिसभा बैठकमा उत्पन्न परिस्थितिबारे सभामुखलाई प्राप्त जानकारी र जेठ १८ गते तयार गरिएको मुचुल्काका आधारमा थप जाँचबुझका लागि समिति गठन गरिएको थियो।

जेठ १८ गतेको बैठकमा सभामुखले प्रतिनिधिसभाका सचिव प्रकाश अधिकारीको संयोजकत्वमा तीन सदस्यीय समिति गठन गरेका थिए। समितिमा संघीय संसद् सचिवालयको आन्तरिक सेवा तथा योजना व्यवस्थापन महाशाखाका प्रमुख र प्रविधि व्यवस्थापन महाशाखाका प्रमुख सदस्यका रूपमा रहेका थिए।

समितिलाई घटनाबारे आवश्यक अनुसन्धान गरी सात दिनभित्र सभामुखसमक्ष प्रतिवेदन बुझाउने जिम्मेवारी दिइएको थियो। सोही अनुसार समितिले जेठ २५ गते सभामुखसमक्ष आफ्नो प्रतिवेदन पेश गरिसकेको विज्ञप्तिमा उल्लेख छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.