राजनिती

सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन

By अर्जुन भट्टराई

सांसद राईको अभिव्यक्तिप्रति सभामुखको आपत्ति, मर्यादामा रहेर बोल्न निर्देशन

काठमाडौं। बुधबार बसेको प्रतिनिधिसभाको बैठकमा नेकपा एमालेका सांसद राजेन्द्र कुमार राईले सभामुखप्रति आपत्तिजनक अभिव्यक्ति दिएपछि सभामुखले कडा आपत्ति जनाएका छन्।

बैठकमा आफ्नो भनाइ राख्ने क्रममा सांसद राईले सभामुखलाई उद्देश्य गर्दै ‘म सभामुखलाई एउटा निवेदन गर्न चाहन्छु, तपाईं कान सुन्नुहुन्छ कि सुन्नुहुन्न?’ भनी प्रश्न गरेका थिए।

यस अभिव्यक्तिप्रति तत्काल आपत्ति जनाउँदै सभामुखले सांसद राईलाई सभा र सभाध्यक्षको अपहेलना हुने गरी बोल्न नहुने स्पष्ट पार्दै आफ्नो भनाइ मर्यादाभित्र रहेर राख्न निर्देशन दिए। साथै, मर्यादित भाषा प्रयोग नगरेसम्म आफ्नो भनाइ अघि बढाउने अनुमति नदिने पनि जानकारी गराए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.