खेलकुद

अल्मुताइरीसँगको बिबादका कारण अचानक खेलाडीले प्रशिक्षण क्याम्प छोडे

By अर्जुन भट्टराई

मुख्य प्रशिक्षक अब्दुल्लाह अल्मुताइरीसँगको बिबादका कारण अचानक प्रशिक्षण क्याम्प छोडेका खेलाडीले प्रशिक्षकमाथि छानविन गरेर कारवाही हुनुपर्ने माग राखेका छन ।

बिहीबार काठमाडौमा पत्रकार सम्मेलन गर्दै उनीहरुले यस्तो माग राखेका हुन् । अल्मुताइरीले बारम्बार क्याम्प छाडेर जान भनेपछि आफुहरु बाध्य भएर बाहिरीएको उनीहरुले बताए । प्रशिक्षकका रुपमा अल्मुताइरीसँग कुनै दोषारोपण नभएपनि ब्यक्तिगत रुपमा भने चित्त नबुझेको उनीहरुको भनाई छ । आफुहरुले उमेर समुहबाट नै नेपालका प्रतिनिधित्व गर्दै आएको र यस क्रममा देश र बिदेशमा पुगेर बिभिन्न प्रशिक्षकको नेतृत्वमा खेलको अनुभव भएको उनीहरुले बताएका छन् । पत्रकार सम्मेलनमा गोलकिपर विशाल श्रेष्ठले विवाद आन्तरिक रुपमा समाधान होस् भनेर चाहेको भएपनि प्रशिक्षकले कुनै छलफल नै गर्न नचाहेको बताए । खेलाडीले राष्ट्रका लागि खेल्नु आफ्नो दायित्व रहेको र त्यसमा नपन्छिने उनले बताए ।

प्रशिक्षणमा नेतृत्व गरिरहेका रोहित चन्दले प्रशिक्षणका क्रममा खेलाडीको व्यवस्थापन राम्रो नभएको, राम्रो बस्ने, खाने व्यवस्था नभएको भन्दै प्रशिक्षकसँग गुनासो गरेका थिए । आफ्नो सुविधाका विषयमा खेलाडीले आवाज उठाएपछि प्रशिक्षकसँग सिनियर खेलाडीको दुरी बढेको हो । प्रशिक्षकसँग असन्तुष्ट देखिएका रोहितलाई प्रशिक्षकले विदा दिएका थिए । रोहितलाई गरेको व्यवहार गैरजिम्मेवारपूर्ण रहेको भन्दै अन्य खेलाडीले समेत प्रशिक्षण बहिस्कार गरेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.