खेलकुद

एनपीएल तेस्रो संस्करण: आज हुँदैछ खेलाडी अक्सन, १५५ मध्ये ५२ जना चुनिने

By अर्जुन भट्टराई

एनपीएल तेस्रो संस्करण: आज हुँदैछ खेलाडी अक्सन, १५५ मध्ये ५२ जना चुनिने

काठमाडौं । नेपाल प्रिमियर लिग (एनपीएल) को तेस्रो संस्करणका लागि आज खेलाडी अक्सन हुँदैछ।

नेपाल क्रिकेट संघ (क्यान) का अनुसार प्रत्येक फ्रेन्चाइज टोलीले अक्सनमार्फत थप दुई नेपाली खेलाडी आफ्नो टोलीमा समावेश गर्न पाउनेछ। अक्सनका लागि अन्तिम सूचीमा पर्न सफल १५५ खेलाडीमध्ये ५२ जना विभिन्न फ्रेन्चाइज टोलीमा छानिनेछन्।

यस पटकको अक्सनका लागि कुल ३४७ खेलाडीले नाम दर्ता गराएका थिए। छनोट प्रक्रियापछि तीमध्ये १५५ जना मात्र अन्तिम सूचीमा स्थान पाउन सफल भए।

अन्तिम सूचीमा परेका खेलाडीलाई तीन श्रेणीमा विभाजन गरिएको छ — श्रेणी ‘ए’ मा ५ जना, श्रेणी ‘बी’ मा २७ जना र श्रेणी ‘सी’ मा १२३ जना रहेका छन्।

उल्लेख्य छ, एनपीएलको पहिलो संस्करणमा जनकपुर बोल्ट्स र दोस्रो संस्करणमा लुम्बिनी लायन्सले च्याम्पियनको उपाधि जितेका थिए।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.