राजनिती

राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूले दिनेछन् जवाफ

By अर्जुन भट्टराई

राष्ट्रिय सभाको बैठक आज दिउँसो बस्दै, विनियोजन विधेयकमाथि मन्त्रीहरूले दिनेछन् जवाफ

काठमाडौं । राष्ट्रिय सभाको बैठक आज सोमबार अपराह्न १२:१५ बजे सिंहदरबारमा बस्ने भएको छ।

बैठकमा ‘विनियोजन विधेयक, २०८३’ का विभिन्न शीर्षकमाथि भएको छलफलका क्रममा सांसदहरूले उठाएका प्रश्नको जवाफ सम्बन्धित मन्त्रीहरूले दिनेछन्।

यस बैठकमा युवा, श्रम तथा रोजगार मन्त्रालय र सूचना तथा सञ्चार मन्त्रालयको विनियोजन शीर्षकमा उठेका प्रश्नको जवाफ दिइनेछ। त्यसैगरी संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्रालय, शिक्षा तथा खेलकुद मन्त्रालय र स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयसँग सम्बन्धित प्रश्नहरूमा पनि सम्बन्धित मन्त्रीहरूले संसद्मा जवाफ दिनेछन्।

सँगै भूमि व्यवस्था, सहकारी, सङ्घीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयको बजेटसम्बन्धी प्रश्नको जवाफ पनि बैठकको कार्यसूचीमा छ।

यसका अतिरिक्त महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्रालय, विज्ञान, प्रविधि तथा नवप्रवर्तन मन्त्रालय र कानून, न्याय तथा संसदीय मामिला मन्त्रालयको तर्फबाट पनि सम्बन्धित मन्त्रीहरूले सांसदहरूका प्रश्नको जवाफ दिने कार्यसूची रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.