खेलकुद

नेदरल्यान्ड्समा हुने विश्वकप लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली बिदा

By अर्जुन भट्टराई

नेदरल्यान्ड्समा हुने विश्वकप लिग–२ त्रिदेशीय शृङ्खलाका लागि नेपाली क्रिकेट टोली बिदा

काठमाडौं । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिदेशीय शृङ्खलामा सहभागी हुन नेपाली राष्ट्रिय पुरुष क्रिकेट टोलीलाई आइतबार एक विशेष समारोहबीच बिदाइ गरिएको छ ।

यस शृङ्खलामा नेपालले नेदरल्यान्ड्स र नामिबियाविरुद्ध खेल्नेछ । बिदाइ कार्यक्रममा नेपाल क्रिकेट संघ (क्यान) का सचिव पारस खड्काले टोलीले गत वर्ष स्कटल्यान्डमा जस्तै उत्कृष्ट प्रदर्शन दोहोर्याउने विश्वास व्यक्त गरे ।

नेपाली टोलीका कप्तान रोहित पौडेलले पनि टोलीको संयोजन सन्तुलित रहेको बताउँदै उत्कृष्ट नतिजाप्रति आफू विश्वस्त रहेको जानकारी दिए । उनले भने, ‘हाम्रो टोलीको संयोजन निकै राम्रो छ । नेदरल्यान्ड्स र नामिबियाविरुद्ध उत्कृष्ट प्रदर्शन गर्ने विश्वास लिएका छौँ । त्यसअनुसार मानसिक तयारी गरेका छौँ र प्रत्येक खेलाडीले आफ्नो शतप्रतिशत प्रदर्शन गर्नेछ ।’

जुलाई २१ देखि सुरु हुने यस लिग–२ शृङ्खलाअघि नेपाली टोलीले जर्सीमा तयारी क्याम्प सञ्चालन गर्नेछ । त्यहाँ जुलाई १३ र १५ मा दुई वटा अभ्यास एकदिवसीय खेल पनि खेलिने क्यानले जनाएको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.