राजनिती

आज दुई संसदीय समितिको बैठक हुँदै, अर्थ र महिला समिति बस्ने

By अर्जुन भट्टराई

आज दुई संसदीय समितिको बैठक हुँदै, अर्थ र महिला समिति बस्ने

काठमाडौं । आइतबार दुई वटा संसदीय समितिको बैठक बस्ने भएको छ।

अर्थ समितिको १२औं बैठक आज बिहान ११ बजे बस्ने छ। यस बैठकमा आगामी आर्थिक वर्ष २०८३/८४ को मौद्रिक नीतिमा समेट्नुपर्ने विषयहरूमा विज्ञ तथा सरोकारवालाहरूसँग छलफल गरिनेछ।

त्यसैगरी, महिला तथा सामाजिक मामिला समितिको बैठक दिउँसो २ बजे बस्ने भएको छ। उक्त बैठकमा समितिको कार्यविधि तथा आचार संहिता मस्यौदा तयार पार्न गठित उपसमितिले बुझाएको प्रतिवेदनमाथि छलफल हुनेछ। साथै, समितिले भर्खरै सम्पन्न गरेको स्थलगत अनुगमन भ्रमणको प्रतिवेदनमाथि पनि बैठकमा छलफल हुने कार्यसूची रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.