राजनिती

नेपालीहरूको जीवन करुणा, प्रेम र शान्तिको उच्चतम अभ्यासबाट प्रेरित छ : राष्ट्रपति पौडेल

By अर्जुन भट्टराई •

नेपालीहरूको जीवन करुणा, प्रेम र शान्तिको उच्चतम अभ्यासबाट प्रेरित छ : राष्ट्रपति पौडेल

काठमाडौं । राष्ट्रपति रामचन्द्र पौडेलले नेपालीहरूको जीवन दर्शन सेवा, करुणा, प्रेम, मानवता र शान्तिको उच्चतम अभ्यासबाट अभिप्रेरित रहेको बताएका छन्।

मंगलबार राष्ट्रपति भवन शीतल निवासमा रोटरी क्लब अफ भादगाउँले आयोजना गरेको सम्मान कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, ‘सहकार्य, सद्भाव र सहिष्णुताले हामीलाई असल मार्गमा हिँड्न प्रेरित गर्छ। यसलाई आफ्नो काम, अभ्यास र आचरणद्वारा मूर्तरूप दिई विश्व शान्ति, प्रगति र मानवकल्याणका लागि समर्पित हुनु हम्रो साझा धर्म हो।’

राष्ट्रपति पौडेलले निस्वार्थ भावले मानव सेवामा समर्पित हुनु नै सबैभन्दा ठूलो धर्म हो भन्ने आफ्नो विश्वास व्यक्त गरे। साथै, विश्व शान्ति, अन्तर्राष्ट्रिय सहकार्य र मानव कल्याणका क्षेत्रमा रोटरीले देखाएको प्रतिबद्धता आजको बदलिँदो परिवेशमा झनै सान्दर्भिक भएको उनले उल्लेख गरे।

‘समाजसेवा, मानवता र शान्तिको अभियानमा तपाईँहरूको योगदान प्रशंसनीय छ। रोटरी सेवा, मित्रता, सद्भाव र विश्वमानवतामा आधारित एक विश्वव्यापी अभियान हो, जसका सदस्यहरू समाज रूपान्तरणको सत्कार्यमा सक्रिय छन्,’ उनले थपे।

कार्यक्रममा १४ जना पूर्व डिस्ट्रिक्ट गभर्नर तथा क्लबका संस्थापक अध्यक्षहरूलाई सम्मान गरिएको थियो।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.