राजनिती

कृषि विकास र किसानमैत्री नीतिमा सरकारले विशेष ध्यान दिनुपर्छ : प्रचण्ड

By अर्जुन भट्टराई •

कृषि विकास र किसानमैत्री नीतिमा सरकारले विशेष ध्यान दिनुपर्छ : प्रचण्ड

काठमाडौं । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ले कृषि क्षेत्रको विकास र किसानमैत्री नीतिमा सरकारले विशेष ध्यान दिनुपर्ने माग गरेका छन्।

राष्ट्रिय धान दिवसको अवसरमा शुभकामना सन्देश दिँदै प्रचण्डले भने, ‘कृषि नेपाली अर्थतन्त्रको मुख्य मेरुदण्ड हो। श्रमजीवी किसानहरूको अथक मेहनत, पसिना र समर्पणबाटै राष्ट्रको खाद्य सुरक्षा र समृद्धिको आधार निर्माण सम्भव छ।’

उनले रोपाइँको यस मुख्य मौसममा पनि किसानहरूले मल, बीउबिजन, सिँचाइ र अन्य आवश्यक कृषि सामग्री सहजै पाउन नसकेको बताउँदै यसप्रति चिन्ता व्यक्त गरे।

प्रचण्डले सरकारलाई किसानमैत्री नीति तथा कार्यक्रमहरू प्रभावकारी ढंगले कार्यान्वयन गर्न आग्रह गरे।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.