भक्तपुर । नेकपा (एमाले)का पोलिटब्युरो सदस्य तथा पूर्वमन्त्री महेश बस्नेतले वर्तमान एमाले–कांग्रेसको गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा र भरोसा पलाएको बताएका छन् ।
उनले विकास संरक्षण तथा प्रवर्द्धन अभियानको शुभारम्भ गर्दै जनताको आशाको दियोलाई वर्तमान सरकारले निभ्न दिन नहुने बताए । एमालेका अध्यक्ष केपी शर्मा ओलीको नेतृत्वमा सरकार बनेसँगै उद्योगी, शेयर बजार, बैंक, वित्तीय संस्था तथा अन्य व्यापार व्यवसायी उत्साही रहेको भन्दै उनले अब देशको अर्थतन्त्र सुधार हुनेमा विश्वास रहेको बताए ।
एमाले भक्तपुर इञ्चार्जसमेत रहेका नेता बस्नेतले धरासायी बन्दै गएको देशको अर्थतन्त्रलाई वर्तमान सरकारले माथि उकास्ने बताउँदै नेपाल विद्युत् प्राधिकरणले विद्युत्को लाइन काटिदिएका कारण उद्योगी पलायन हुनुपर्ने अवस्था बनेको आरोप लगाए । उनले उद्योगी पलायन हुने अवस्थालाई रोक्न प्रधानमन्त्रीले प्राधिकरणको निर्णयलाई उल्ट्याउँदै उद्योगीलाई उद्योग सञ्चालन गर्ने वातावरण बनाएको बताए ।
नयाँ गठबन्धनमा सरकार बनेसँगै जनतामा आशा पलाएको छ : नेता बस्नेत
By अर्जुन भट्टराई •
Related Posts
ब्रेकिङ
राप्ती स्वास्थ्य विज्ञान प्रतिष्ठानको जग्गा अतिक्रमणले विकासका काम अवरुद्ध
April 28, 2026
अर्थ
प्रजातन्त्रका उपलब्धिमाथि प्रश्न उठाउनु ‘फेसन’ भएको उपप्रधानमन्त्री सिंहको टिप्पणी
May 24, 2025
अर्थ
कांग्रेस नेताहरूको योगदान जनतामाझ पुर्याउनुपर्छ: देउवा
May 24, 2025
