खेलकुद

आईसीसी टी-२० विश्वकप : नेपाल २१ रनले बंगलादेशसँग पराजित

By अर्जुन भट्टराई

काठमाडौँ । आईसीसी टी-२० विश्वकप क्रिकेटको अन्तिम खेलमा नेपाल बंगलादेशसँग २१ रनले पराजित भएको छ ।

सुरुमा ब्याटिङ गरेको बंगलादेशले दिएको १०७ रनको लक्ष्य पछ्याएको नेपाल पुरै १९.२ ओभरमा ८५ रन बनाएर अलआउट भयाे ।

हारसँगै नेपाल एक अंक जोड्दै विश्वकपबाट स्वदेश फर्किने भएको छ । बंगलादेश भने विश्वकपको सुपर ८ मा प्रवेश गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.