काठमाडौँ । राष्ट्रपति रामचन्द्र पौडेलले कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी उपप्रधानमन्त्री एवं भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठलाई तोकेका छन् ।
प्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ भारतका नवनियुक्त प्रधानमन्त्रीको शपथग्रहण समारोहमा सहभागी हुन आज त्यसतर्फ प्रस्थान गरेकाले प्रधानमन्त्रीको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्यका लागि उपप्रधानमन्त्री महासेठलाई जिम्मेवारी तोकिएको हो ।
राष्ट्रपति पौडेलले प्रधानमन्त्री दाहालको अनुपस्थितिमा उनले गर्ने दैनिक प्रशासनिक कार्य नेपालको संविधानबमोजिम प्रधानमन्त्रीको सिफारिसमा उपप्रधानमन्त्री महासेठले सम्हाल्ने गरी तोकेको राष्ट्रपति कार्यालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ ।
प्रधानमन्त्री दाहाल भारतका कार्यवाहक प्रधानमन्त्री नरेन्द्र मोदीले प्रधानमन्त्री पदको शपथग्रहण गर्नुहुने समारोहमा सहभागी हुन आज नयाँदिल्ली प्रस्थान गरेका हुन् । भारतीय जनता पार्टीका नेता मोदीले भारतको प्रधानमन्त्री पदमा तेस्रो कार्यकालका लागि आज साँझ शपथ लिने कार्यक्रम छ ।
कार्यवाहक प्रधानमन्त्रीको जिम्मेवारी महासेठलाई
By अर्जुन भट्टराई •
Related Posts
राजनिती
कांग्रेस एकताको ‘शुत्रधार’ बन्न सक्छन् डा.शशांक ?
१ भदौ २०८३
राजनिती
नेपाल सरकारले गैरआवासीय नेपालीको योगदानको उच्च मूल्यांकन गर्छ
३१ श्रावण २०८३
राजनिती
कांग्रेसको सम्मेलनमा एकता जोड्ने जोड
३० श्रावण २०८३
