राजनिती

अध्यक्ष नेपालले भने : मधेस सरकारको नेतृत्व परिवर्तन हुन्छ

By अर्जुन भट्टराई

जनकपुरधाम । पूर्वप्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (एकीकृत समाजवादी)का अध्यक्ष माधवकुमार नेपालले देशको बदलिँदो राजनीति परिस्थितीका कारण मधेस प्रदेश  सरकारको नेतृत्व परिवर्तन हुने बताएका छन् ।

आज जनकपुरधाममा पत्रकारहरूसँग सङ्क्षिप्त कुरा गर्दै उनले सङ्घीय सरकारको स्वरुपमा भएको परिवर्तन अनुसार मधेस प्रदेशमा पनि सरकार परिवर्तन हुने बताए । मुलुक सङ्घीय संरचनामा रहेकाले केन्द्रीय संरचना अनुसार नै प्रदेश सरकारको संरचना बाध्य भएर बनाउनु परेको नेता नेपालले बताए ।

“प्रधानमन्त्री पुप्पकमल दाहालले विश्वासको मत प्राप्त गरिसक्नुभएको छ, अब मधेस प्रदेशको सरकार पनि परिवर्तन हुन्छ, ”, अध्यक्ष भने । फरक प्रसङ्गमा उनले मुलुकको  समृद्धिका लागि वर्तमान सरकारले काम गरिरहेको उल्लेख बताए । 

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.