राजनिती

प्रतिनिधि सभाको बैठक स्थगित

By अर्जुन भट्टराई

काठमाडौँ । कांग्रेसले अवरोध गरिरहने अडान यथावत राखेपछि प्रतिनिधि सभाको अर्को बैठक आइतबार बिहान ११ बजे बस्ने गरी स्थगित गरिएको छ । प्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्ड र विपक्षी दलका नेताहरूसँग संवाद गरेपछि सभामुखले बैठक स्थगित गरेका हुन् ।

सभामुखले आगामी बैठक सौहार्दपूर्ण वातावरणमा सञ्चालन हुने विश्वास व्यक्त गरेका छन् । प्रतिनिधि सभाको अर्को बैठक २०८१ जेठ ६ गते आइतबार बिहान ११ बजे  बस्ने  सभामुखको सचिवालयले जनाएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.