राजनिती

सुकुम्वासीहरुलाई उचित व्यवस्थापन गर्नुपर्छ : केपी ओली

By अर्जुन भट्टराई

काठमाडौँ । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सुकुम्वासीहरुलाई उचित व्यवस्थापन गर्नुपर्ने बताएका छन् ।

बिहीबार काठमाडौंमा भूमि अधिकार तथा श्रमिक संगठन नेपालले आयोजना गरेको व्यापार महोत्सव उद्घाटन गर्दै ओलीले सुकुम्वासीहरुलाई जवरजस्ती उठिवास लगाउने भन्दै पनि सवै तहका सरकार मिलेर उनीहरुको उचित व्यवस्थापन गर्नुपर्ने बताएका हुन् ।

उनले सुकुम्वासीको टहर भत्काउने नभई आवास बनाउने अभियान सञ्चालन गर्नुपर्नेमा जोड दिए । एमाले सरकारमा रहदा सुकुम्वासीसम्बन्धी समस्या समाधान गर्न आयोग बनाएर समस्या समाधान गर्ने विन्दुमा पुग्दा सरकार ढालेको भन्दै उनले अहिले सरकारमा आएर समस्या समाधान गर्न खोज्दा कर्मचारीतन्त्र र न्यायापालीका बाधक बन्न खोजेको जिकिर गरे ।

ओलीले अहिले जनताको काम गर्न एमाले सरकारमा गएकाले जनताको समस्या समाधानका ध्यान केन्द्रीत गर्ने जिकिर गरे ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.