राजनिती

एमाले परित्याग गर्ने भीम रावलको संकेत

By अर्जुन भट्टराई

काठमाडौं । नेकपा एमालेका नेता भीम रावलले राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका छन् ।

बिहीबार काठमाडौंमा आयोजित साक्षात्कारमा रावलले एमालेका नेताहरुको व्यवहारका कारण आफु राजनीतिको घुम्ती परिवर्तन गर्ने सोचमा पुगेको बताएका हुन् । उनले महाधिवेशन परिषद् सदस्यको हैसियतमा आफुलाई परिषद् बैठकमा सहभागी हुन नदिएर नियोजित रुपमा निषेध गर्न खोजिएको तर्क गरे ।

जस्तोसुकै परिस्थीति आएपनि आफु एमालेमा रहनुपर्छ भन्ने मान्यताका साथ अघि बढेपनि गोदावरी अधिवेशनपछि राजनीतिक जीवनको मोडमा ढकेलिएको महशुस भएको उनले बताए । रावलले भविष्यमा राजनीतिको अर्को घुम्ती कस्तो हुने हो, पछि नै वताउने जिकिर गरे ।

रावलले कम्युनिष्ट पार्टीले हिरक जयन्ती मनाउदै गर्दा कम्युनिष्ट एकताको जनताको आकांक्षालाई घात गरेको आरोप लगाएका छन् । आफुले गरेको गल्तीको दोष अरुलाई दिएर इतिहासले कसैलाई छुट नदिने उनले बताएका छन् ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.