राजनिती

नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सर्यो

By अर्जुन भट्टराई

भोजपुर । यसअघि २०८१ वैशाख ३-४ लाई तय भएको नेकपा एमाले भोजपुरको ९औं जिल्ला अधिवेशनको मिति सरेको छ । सरेको अधिवेशनको नयाँ मिति वैशाखकै २० र २१ गते तोकिएको अध्यक्ष शरणकुमार राईले बताएका छन् ।

वैशाख १५ गते हुने उपचुनावका लागि नेता-कार्यकर्ता इलाममा केन्द्रित हुनुपर्ने भएकाले पार्टी केन्द्रको निर्देशनअनुसार अधिवेशन सारिएको राईले जानकारी दिएका छन् ।

शनिबार बसेको पदाधिकारी बैठकले अधिवेशनका लागि सबै निर्वाचन क्षेत्रबाट वैशाख १३ गते प्रतिनिधि छनोट गर्ने निर्णयसमेत गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.