राजनिती

महालेखापरीक्षकमा राया सफारिस

By अर्जुन भट्टराई

काठमाडौँ । महालेखापरीक्षकमा तोयम राया सिफारिस भएका छन् ।

प्रधानमन्त्रीको सरकारी निवास बालुवाटारमा आज बसेको संवैधानिक परिषद्को बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गरेको हो । संवैधानिक परिषद्का अध्यक्ष एवं प्रधानमन्त्री पुष्पकमल दाहालको अध्यक्षतामा बसेको बैठकले महालेखापरीक्षकमा रायालाई सिफारिस गर्ने निर्णय गरेको सभामुख देवराज घिमिरेले जानकारी दिए ।

महालेखापरीक्षकमा सिफारिस भएका राया राष्ट्रिय तथ्याङ्क कार्यालयका सचिव थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.