नेपाली कांग्रेसका निवर्तमान सभापति **शेरबहादुर देउवा** स्वदेश फिर्ता हुने विषयले यतिबेला कांग्रेसको आन्तरिक राजनीति गर्माएको छ । उनी फिर्ता हुने विषय मात्र होइन **सर्वोच्च अदालतले विशेष महाधिवेशनका सन्दर्भमा पुनरावलोकन गर्न आदेश दिएको प्रसंगले** पार्टीको राजनीति थप गिजोलिएको छ ।
देउवाको स्वदेश फिर्तालाई कांग्रेस भित्रकै नेताहरुले विभिन्न कोणबाट **शंका व्यक्त गरिरहेका छन्** । कतिपयले **सरकार र देउवा समूहबिच नयाँ समझदारी बनेको अनुमान गरेका छन्** भने कतिपयले **गगन थापा समूहलाई कमजोर बनाउने रणनीतिका रुपमा व्यख्या गरेका छन्** । **रेड कर्नर नोटिस जारी गरेर नेपाल झिकाउने मनस्थितिमा रहेको नेपाल सरकार एकाएक कसरी परिवर्तन भयो भन्ने विषय** सबैभन्दा रोचक र चासोपूर्ण मानिएको छ ।
करिब **६ महिनापछि नेपाल आउने** कार्यतालिका बनाएका देउवाले **विदेशमै बसेर पनि कांग्रेसको आन्तरिक राजनीतिमा राम्रो प्रभाव राख्दै आएका** थिए । त्यसैले उनको भूमिकाले **आन्तरिक शक्ति सन्तुलन र नेतृत्वसम्बन्धी विवाद** थप गिजोलिने संकेत देखिएको छ । त्यसबाहेक **अदालतले पुनरावलोकन गर्ने विषयलाई ‘शंका’ र ‘सेटिङ’का रुपमा अनुमान गर्न थालिएको** छ ।
**जेनजी आन्दोलनका क्रममा आफ्नै निवासमा सांघातिक आक्रमणमा परी घाइते भएका देउवा १३ फागुन राति सिंगापुर एयरलाइन्सको उडानबाट सिंगापुर गएका** थिए । त्यहाँबाट **थप उपचारका लागि भन्दै हङकङ पुगेका** थिए । हङकङमा रहँदा पनि देउवाले **आफ्ना कार्यकर्ता र महत्वपूर्ण व्यक्तिहरुसँग भेटघाट गर्ने गरекो** उनी निकट नेताहरुले बताउने गरेका छन् ।
स्वदेश फर्किएपछि देउवा **शुक्रबार सुकेधारास्थित मिराकल पार्टी प्यालेसमा आयोजना हुने इतर समूहको राष्ट्रिय भेलामा सहभागी हुने** पनि तय भइसकेकाले उक्त भेलामा व्यक्त हुने अभिव्यक्तिले धेरै कुरा प्रष्ट हुने अनुमान गरिएको छ ।
तथापि, **देउवाको आगमनलाई उत्साह र शंका दुवै कोणबाट हेरिएपनि बालेन्द्र शाह सरकारको शासकीय गतिविधि पनि एउटा प्रमुख आधार मानिएको** छ । **सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टीभित्र बढ्दो अन्तरद्वन्द्व**, **प्रधानमन्त्री गैरजिम्मेवारपूर्ण गतिविधि र जनउत्तरदायी नबनिरहेको प्रसंग** साथै **संघीय संसदप्रति गरिरहेको अपमानले नेपालको राजनीतिले नयाँ दिशा समात्ने अनुमान गर्न थालिएको** छ ।
**सर्वोच्च अदालतले पुनरावलोकन गर्ने विषयलाई** धेरै कुरा प्रष्ट हुने अनुमान गरिएको छ । **साउन ६ मा पूर्वकार्यवाहक सभापति पूर्णबहादुर खड्काले पुनरावलोकनका लागि निवेदन दिएका थिए** । **साउन २० मा सर्वोच्च अदालतले पुनरावलोकनका लागि अनुमति दिएपछि देउवा पक्ष उत्साहित देखिन्छ** ।
**विशेष महाधिवेशनबाट आएको नेतृत्वलाई देउवा पक्षका नेताहरुले सुरुदेखि नै अवैधानिक भन्दै आएको** र अदालतले पुनरावलोकनको अनुमति दिएपछि **विवादको न्यायिक परीक्षण पुनः सुरु भएको नेताहरुको भनाइ** छ । तर **कांग्रेस संस्थापन पक्ष भने विशेष महाधिवेशनबाट निर्वाचित नेतृत्वको वैधानिकता अदालतमा बचाउने तयारीमा जुटेको** छ ।
