राजनिती

विद्युत महसुल नबढाउन सांसद परियारको आग्रह

By अर्जुन भट्टराई •

विद्युत महसुल नबढाउन सांसद परियारको आग्रह

नेपाली कांग्रेसका राष्ट्रियसभा सदस्य पदमबहादुर परियारले विद्युत महसुल तथा ऊर्जा नीतिका विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । उनले बुधबार बसेको राष्ट्रियसभा बैठकमा बोल्दै विगतको सरकारले विद्युतीय चुलो प्रयोगलाई प्रोत्साहन गर्दै नागरिकलाई सहजीकरण गरेको भए पनि वर्तमान सरकारले विद्युतमा कर बढाएर नागरिकलाई थप भार पार्ने काम गरेको बताए । उनले भने, ‘ऊर्जा नीति र कर सम्झौताको सम्बद्धमा नेपाल सरकारले इलेक्ट्रिक चुलोको सन्दर्भमा विगतको सरकारले नागरीकहरुलाई सहजीकरण दिएका थिए । तर अहिलेको सरकारले विद्युतमा कर बढाएर नागरीको ढाड सेक्ने काम गरेको छ । यस्तो कुरामा सरकारलाई म सचेत गराउन अनुरोध गराउन चाहन्छु ।’ परियारले पछिल्लो देवानगञ्ज घटनाका क्रममा संघीय सरकार नै सबैभन्दा शक्तिशाली सरकार हो र काठमाडौंमा बस्ने राजनीतिज्ञ मात्र निर्णायक हुन् भन्ने मानसिकता देखाएको उनले टिप्पणी गरे । तराई क्षेत्रमा भएको घटनालाई समाधान गर्न स्थानीय तहका प्रमुख–उपप्रमुख, स्थानीय राजनीतिक दल, नेता तथा प्रदेश सरकारसँग पर्याप्त समन्वय नगरी सरकारले आफ्ना कर्मचारी तथा प्रतिनिधि पठाएर सूचना संकलन गर्ने र त्यसकै आधारमा समस्या समाधान गर्न खोजेको उनले बताए । उनले सरकारको यस्तो ‘अपरिपक्व’ कार्यशैलीले घटना थप जटिल बन्न सक्ने भन्दै आफू व्यक्तिगत रूपमा समेत चिन्तित भएको बताए । राजनीतिक दल, सरकार, धर्मगुरु तथा सामाजिक अगुवालगायत सबै पक्षको प्रयासबाट उक्त घटना समाधानतर्फ गएको उनले बताए । परियारले आगामी दिनमा यस्ता संवेदनशील घटनामा संघ, प्रदेश र स्थानीय तहबीच प्रभावकारी समन्वय आवश्यक रहेकोमा जोड दिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.