राजनिती

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार

By अर्जुन भट्टराई •

बडीमालिकामा टेलिफोन र इन्टरनेट विस्तार

काठमाडौं । सूचना तथा सञ्चारमन्त्री डा. **विक्रम तिमिल्सिना**को निर्देशनपछि बाजुराको धार्मिक तथा पर्यटकीयस्थल **बडीमालिका** क्षेत्रमा टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि **नेपाल टेलिकम**ले हेलिकप्टरमार्फत **सञ्चार उपकरण** तथा आवश्यक **सामग्री ढुवानी** गरेको छ । भौगोलिक विकटता र सडक सञ्जालको अभावका कारण स्थलमार्गबाट उपकरण पु¥याउन कठिन भएपछि **नेपाली सेना**को हेलिकप्टरमार्फत **मंगलबार** सामग्री बडीमालिका क्षेत्रमा पुर्याइएको हो । सञ्चारमन्त्री तिमिल्सिनाले **साउन ८** गते **नेपाल टेलिकम**लाई तत्काल टेलिफोन तथा इन्टरनेट सेवा विस्तारका लागि आवश्यक प्रक्रिया अघि बढाउन निर्देशन दिनुभएको थियो । मन्त्रालयले **नेपाल टेलिकम**सँग निरन्तर समन्वय गर्दै सेवा विस्तारका लागि आवश्यक **पूर्वाधार**, **उपकरण ढुवानी** र **जडान प्रक्रियालाई** तीव्रता दिएको हो । **नेपाल टेलिकम सुदूरपश्चिम प्रादेशिक निर्देशनालय**का निर्देशक **बृजेश शर्मा**का अनुसार प्रतिकूल मौसमका कारण उपकरण ढुवानीमा केही ढिलाइ भएको हो । **साउन १८** गतेदेखि नै सामग्री बडीमालिका पु¥याउने प्रयास गरे पनि मौसम अनुकूल नभएका कारण उडान हुन नसकेको उनले बताए । खराब मौसमका कारण **जडानस्थलमा** खटाइएको **प्राविधिक टोली**समेत फिर्ता बोलाउनुपरेको थियो । **मंगलबार** हेलिकप्टरबाट सामग्री तोकिएको स्थानसम्म पु¥याइए पनि त्यहाँबाट **जडानस्थल**सम्म करिब **चार हजार किलोग्राम** उपकरण तथा अन्य सामग्री **जनशक्तिमार्फत्** बोकाएर लैजानुपर्ने अवस्था रहेको निर्देशक शर्माले जानकारी दिनुभयो । **नेपाल टेलिकम**ले **बडीमालिका** क्षेत्रमा **प्रारम्भिक चरण**मा **४जी सेवा** सञ्चालन गर्ने तयारी गरेको छ । **दुर्गम** तथा **पर्यटकीय क्षेत्रमा** मोबाइल ब्रोडब्यान्डको पहुँच विस्तार गर्ने सरकारको योजनाअनुसार **उच्च हिमाली क्षेत्रमा** समेत आधुनिक दूरसञ्चार सेवा पु¥याउने काम अघि बढाइएको **टेलिकम**ले जनाएको छ । **बडीमालिकासँगै** **सगरमाथा आधार शिविर** क्षेत्रमा पनि **४जी सेवा** विस्तारका लागि अध्ययन अघि बढाइएको **नेपाल टेलिकम**ले जनाएको छ । **पर्यटकीय गतिविधि** बढिरहेका **उच्च हिमाली क्षेत्रमा** सञ्चार सेवा विस्तारलाई प्राथमिकतामा राख्दै आवश्यक **प्राविधिक** तथा **भौगोलिक अध्ययन** भइरहेको छ । **नेपाल टेलिकम**ले यसअघि **उच्च हिमाली क्षेत्रका** केही स्थानमा **४जी सेवा** विस्तार गरिसकेको छ । **डोल्पा**को **त्रिपुरासुन्दरी नगरपालिका**–६ स्थित **ल्हान तथा ठूलीभेरी** नगरपालिका–१, दुनै क्षेत्रमा **समुद्री सतह**बाट करिब **तीन हजार नौ सय मिटर**को उचाइमा **४जी सेवा** सञ्चालनमा आइसकेको छ । **त्यस्तै, ताप्लेजुङ**को **ओलाङचुङगोला**मा करिब **तीन हजार चार सय मिटर**को उचाइमा समेत **४जी सेवा** सुरु भइसकेको छ । **सरकार**ले **दुर्गम**, **ग्रामीण** तथा सञ्चार सेवाको पहुँच कमजोर रहेका क्षेत्रमा दूरसञ्चार पूर्वाधार विस्तारलाई प्राथमिकतामा राखेको छ । **भौगोलिक विकटता**का कारण सञ्चार सेवाबाट वञ्चित क्षेत्रलाई राष्ट्रिय सञ्चार सञ्जालमा जोड्ने तथा **डिजिटल विभाजन** घटाउने उद्देश्यले मोबाइल तथा इन्टरनेट सेवाको पहुँच विस्तारलाई तीव्रता दिइएको हो । **देशभर** दूरसञ्चार सेवाको पहुँच र गुणस्तर सुधारका लागि हाल करिब **एक हजार छ सय** नयाँ **मोबाइल टावर** तथा सम्बन्धित **साइट निर्माण**को प्रक्रिया अघि बढाइएको छ । **ग्रामीण** तथा **दुर्गम क्षेत्रमा** सेवा विस्तार, **क्षमता वृद्धि** र गुणस्तर सुधारका लागि **नेपाल टेलिकम**ले चालु **आर्थिक वर्ष**मा मात्रै करिब **रु छ अर्ब**भन्दा बढी **लगानी** गर्ने तयारी गरेको छ ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.