नेपाली कांग्रेसका नेता डा.शशांक कोइरालाले _नेपाली कांग्रेस सिन्धु–काठमाडौं सम्पर्क समितिले_ आयोजना गरेको युवा भेलालाई सम्बोधन गर्दै पार्टीभित्र _एकता कायम गर्दै आगामी अधिवेशन सफल बनाउन_ सबैको सहयोग आवश्यक रहेको बताएका छन्। उनले _बीपी कोइराला र कृष्णप्रसाद कोइरालाले_ लामो संघर्ष गरेर नेपाली जनताको अधिकार र स्वतन्त्रताका लागि योगदान गरेको स्मरण गरे।
डा. कोइरालाले नेपाली कांग्रेसले _इतिहासमा महत्वपूर्ण काम गरेको_ उल्लेख गर्दै पार्टीभित्र कसैलाई _गाली गरेर आफ्नो पक्ष बलियो नहुने_ बताए। उनले ‘_अरुलाई कुरूप हेरेर आफू सुन्दर हुँदैन_। हामी _गगन थापालाई_ किन गाली गर्छौं? गाली गर्नै पर्दैन,’ भने, ‘_गाली ग¥यो भने झन् उसलाई महत्त्व दिएको हुन्छ_। त्यसैले किन गाली गर्नुहुन्छ? केही भन्दै नभन्नुस्, त्यो नै सबैभन्दा ठूलो अपमान हो,’
कोइरालाले आफूलाई पार्टीले _संयोजकको जिम्मेवारी दिएपछि_ अप्ठ्यारो अवस्थामा उभिएको उल्लेख गर्दै सबैलाई समेटेर पार्टी एकताबद्ध गर्नु आफ्नो _प्राथमिकता_ रहेको बताए। ‘_म एक्लो मान्छे हुँ तर म के चाहन्छु भने सबैलाई समावेश गरेर पार्टीलाई एक गर्ने मेरो प्राथमिकता हो_,’ उनले भने, ‘_म एक्लैले केही गर्न सक्दिनँ_। तपाईंहरूको सहयोग भयो भने, हातमा हात मिलायो भने धेरै बलियो हुन्छ,’
उनले _संघर्षबाट नेपाली कांग्रेस निखारिएर आएको_ भन्दै पार्टीको _भविष्य युवाको हातमा_ रहेको बताए। ‘_आजका युवाहरूले यो पुष्टि गर्छन् कि भोलिको नेपाली कांग्रेस बलियो हुन्छ_,’ उनले भने।
अर्का नेता _कृष्णप्रसाद सिटौलाले_ कांग्रेस _नयाँ चरणको संघर्षमा प्रवेश गरेको_ बताएका छन्। सिटौलाले _पछिल्लो घटनाक्रमले_ पार्टीलाई _नयाँ चरणको संघर्षमा प्रवेश गराएको_ बताए। उनले कार्यकर्तालाई _धैर्यताका साथ अघि बढ्न आग्रह गर्दै_ आफूहरू साथमा रहेको बताए। ‘_के नेपाली कांग्रेस फेरि एउटा नयाँ चरणमा प्रवेश गर्दैछ? संघर्षको एउ
