राजनिती

नक्कली उत्पादनविरुद्ध कारबाही

By अर्जुन भट्टराई •

नक्कली उत्पादनविरुद्ध कारबाही

उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्री गौरी यादवले बजारमा नक्कली उत्पादनको बिक्री–वितरण भइरहेको खबर सार्वजनिक भएपछि वाणिज्य, आपूर्ति तथा उपभोक्ता संरक्षण विभागलाई नक्कली उत्पादनको बिक्री–वितरण रोक्न निर्देशन दिएकी छन्। मन्त्री यादवको निर्देशनपछि विभागले बजार अनुगमनलाई तीव्र बनाउँदै करिब एक सयभन्दा बढी शंकास्पद नक्कली उत्पादन नियन्त्रणमा लिएको छ। हाल ती उत्पादनहरूको गुणस्तर र मौलिकता परीक्षणका लागि प्रयोगशालामा परीक्षण भइरहेको विभागले जनाएको छ। विभागका महानिर्देशक मोति सापकोटाले अहिले पनि बजारमा केही नक्कली उत्पादनहरूको बिक्री–वितरण भइरहेको जानकारी प्राप्त भइरहेकाले विभाग आफैं नियमित रूपमा बजार अनुगमनमा सक्रिय रहेको बताएका हुन्। मन्त्री यादवले उपभोक्ताको स्वास्थ्यमा खेलवाड गर्ने तथा बजारमा नक्कली उत्पादन बिक्री–वितरण गर्ने जो–कोहीलाई कानुनबमोजिम कारबाही गरिने स्पष्ट पार्दै बजारलाई स्वच्छ, सुरक्षित र व्यवस्थित बनाउन सरकार प्रतिबद्ध रहेको बताएकी छिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.