राजनिती

कर्णालीकाे मुख्यमन्त्री नियुक्त

By अर्जुन भट्टराई •

कर्णालीकाे मुख्यमन्त्री नियुक्त

कर्णालीकाे पाँचाै मुख्यमन्त्रीमा नेकपाका मंगलबहादुर शाही नियुक्त भएका छन् । प्रदेश प्रमुख यज्ञराज जोशीले शाहीलाई मंगलबार कर्णालीको पाँचौं मुख्यमन्त्रीको रूपमा नियुक्त गरेका हुन् । नेकपा एमालेकाे समर्थनमा नेकपाका मंगलबहादुर शाही कर्णाली प्रदेशकाे मुख्यमन्त्री नियुक्त भएका छन् । नवनियुक्त मुख्यमन्त्री शाहीको पद तथा गोपनियताको शपथग्रहण बुधबार हुने प्रदेश प्रमुखको कार्यालयकी सूचना अधिकारी मनमाया काउचाले जानकारी दिइन् । प्रदेशसभाका २४ जना सांसदको हस्ताक्षरसहित नेकपा एमाले संसदीय दलका नेता यामलाल कँडेलकाे समर्थनमा नेकपाका संसदीय दलका नेता शाहीले कर्णाली प्रदेश प्रमुखसमक्ष मुख्यमन्त्रीमा दाबी पेस गरेका थिए । ४० सदस्यीय कर्णाली प्रदेशसभामा नेकपाका १४ र नेकपा एमालेका १० जना सांसद छन् । गत असार ३२ गते नेकपा र नेपाली काँग्रेसका १६ जना सांसदले मुख्यमन्त्रीविरुद्ध अविश्वासकाे प्रस्ताव दर्ता गरे पछि साउन ९ गते मुख्यमन्त्री यामलाल कँडेलले प्रदेशसभामै राजिनामा घाेषणा गरेका थिए ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.