राजनिती

खरिद ऐन संशोधनपछि विकास आयोजनाले गति लिन्छ : मन्त्री लम्साल

By अर्जुन भट्टराई •

खरिद ऐन संशोधनपछि विकास आयोजनाले गति लिन्छ : मन्त्री लम्साल

रामेछाप । भौतिक पूर्वाधारमन्त्री सुनिल लम्सालले सार्वजनिक खरिद ऐनका कारण विगतमा विकास निर्माणका काम प्रभावित भएको बताउँदै अब ऐन संशोधन भइसकेकाले विकास आयोजनाहरूले गति लिने विश्वास व्यक्त गरेका छन्।

आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री लम्सालले सरकारले सार्वजनिक खरिद ऐन संशोधन गरिसकेको जानकारी दिए। उनले भने कि यस संशोधनपछि विकास निर्माणका काममा देखिँदै आएका कानुनी र प्रक्रियागत समस्याहरू क्रमशः समाधान हुँदै जानेछन्।

मन्त्री लम्सालले संशोधित खरिद ऐनले अधिकांश समस्या समाधान गर्ने दाबी गर्दै काम नगर्ने निर्माण व्यवसायीलाई कालोसूचीमा राखिने चेतावनी पनि दिए। ‘खरिद ऐनले अब अधिकांश समस्या समाधान गर्छ। विगतमा भएका कमजोरी सुधार गर्ने काम अब हाम्रो हो, काम नगर्नेलाई ब्ल्याकलिस्टमा राख्छौँ,’ उनले भने।

सबै योजना एकै आर्थिक वर्षभित्र सम्पन्न गर्न सम्भव नभए पनि आगामी पाँच वर्षभित्र विकास निर्माणसँग सम्बन्धित समस्या समाधानका लागि सरकारले निरन्तर प्रयास गर्ने उनले स्पष्ट पारे। ‘सबै योजना यही वर्ष सकिँदैनन्, तर पाँच वर्षभित्र सकेसम्म सबै समस्या समाधान गर्ने प्रयास गर्छौँ,’ मन्त्री लम्सालले भने।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.