राजनिती

नेपाली कांग्रेसको नीति प्रतिष्ठान: केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई उपसमितिको सहजीकरण जिम्मेवारी

By अर्जुन भट्टराई •

नेपाली कांग्रेसको नीति प्रतिष्ठान: केन्द्रीय पदाधिकारी र सदस्यहरूलाई उपसमितिको सहजीकरण जिम्मेवारी

काठमाडौं । नेपाली कांग्रेसको केन्द्रीय नीति, अनुसन्धान तथा प्रशिक्षण प्रतिष्ठानले आफ्नाअन्तर्गतका विभिन्न उपसमितिको कामलाई थप प्रभावकारी बनाउन पार्टीका केन्द्रीय पदाधिकारी तथा सदस्यहरूलाई सहजीकरणको जिम्मेवारी बाँडफाँड गरेको छ।

प्रतिष्ठानका प्रमुख तथा नेपाली कांग्रेसका उपसभापति विश्वप्रकाश शर्माको अध्यक्षतामा बसेको बैठकले यो निर्णय गरेको हो। बैठकले उपसमितिहरूको कार्यलाई व्यवस्थित र प्रभावकारी ढंगले अघि बढाउन आवश्यक जिम्मेवारी तोकिएको जनाएको छ।

बैठकमा पार्टी सभापति गगनकुमार थापाले जिम्मेवारी पाएका पदाधिकारी र सदस्यहरूलाई यसलाई पार्टीको मुख्य दायित्वका रूपमा लिएर सक्रियतापूर्वक काम गर्न निर्देशन दिए। उनले प्रत्येक उपसमितिले पार्टीको अवधारणा र अभियानसँग जोडिँदै नागरिक सरोकारका विषयलाई प्राथमिकतामा राख्नुपर्नेमा जोड दिए। साथै, नागरिक जीवनसँग प्रत्यक्ष सम्बन्धित विषयहरूलाई पार्टीको नीतिगत एजेन्डा बनाउने प्रतिबद्धता पनि व्यक्त गरे।

बैठकमा मानसिक स्वास्थ्य सचेतना अभियान उपसमितिकी संयोजक मोहना अन्सारी, आदिवासी जनजाति संवाद, समन्वय तथा सशक्तीकरण उपसमितिका संयोजक रेशम गुरुङ र दुव्र्यसनमुक्त समाजका लागि सचेतना र समन्वय उपसमितिका संयोजक डा. डी.बी. सुनारले आ–आफ्नो विषयगत अवधारणा र कार्ययोजना प्रस्तुत गरे।

प्रतिष्ठानको अर्को बैठक भोलि ११ गते बिहान ११ः३० बजे बस्ने जनाइएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.