राजनिती

कानुनी वातावरण नभई विकास हुँदैन : मन्त्री गौतम

By अर्जुन भट्टराई •

कानुनी वातावरण नभई विकास हुँदैन : मन्त्री गौतम

रामेछाप । कानुन, न्याय तथा संसदीय मामिलामन्त्री सोभिता गौतमले भनेकी छिन् — कानुनी जटिलताका कारण विगतमा विकास निर्माणका काम प्रभावित हुँदै आएको छ, तर अहिलेको सरकारले कानुन निर्माणलाई पहिलो प्राथमिकतामा राखी आवश्यक सुधार अगाडि बढाएको छ।

आइतबार दोलखामा आयोजित कार्यकर्ता भेटघाट कार्यक्रममा बोल्दै मन्त्री गौतमले देश बनाउन केवल लक्ष्य तय गर्नु मात्र पर्याप्त नहुने बताइन्। उनले भनिन्, ‘देश निर्माण गर्ने उद्देश्य राखेर मात्र हुँदैन, त्यसअनुसारको कानुनी वातावरण पनि सिर्जना गर्नुपर्छ। अहिले सरकारले सबैभन्दा पहिलो प्राथमिकता कानुन निर्माणलाई दिएको छ।’

मन्त्री गौतमले सरकारले विकास निर्माणसँग जोडिएका आवश्यक कानुनहरू बनाइसकेको र अब विकासका काम सहज रूपमा अघि बढ्ने वातावरण तयार भएको जानकारी दिइन्।

कार्यक्रममा उनले पार्टीका कार्यकर्तालाई व्यक्तिगत स्वार्थका कुराभन्दा जनताका समस्या र आवश्यकतालाई प्राथमिकता दिँदै सरकारसमक्ष राख्न आग्रह गरिन्। ‘तपाईँहरूलाई जे समस्या परे पनि हामी छौँ। अनावश्यक व्यक्तिगत कुरा नल्याई जनताका हितका विषय लिएर आउनुहोस्, समस्या समाधान गर्न सरकार अत्यन्त प्रयत्नशील छ,’ उनले भनिन्।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.