राजनिती

सांसद गणेश पौडेलमाथि मसी प्रहार: रास्वपाको कडा भर्त्सना, दोषीमाथि कारबाहीको माग

By अर्जुन भट्टराई •

सांसद गणेश पौडेलमाथि मसी प्रहार: रास्वपाको कडा भर्त्सना, दोषीमाथि कारबाहीको माग

काठमाडौं । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) को संसदीय दलले रौतहट निर्वाचन क्षेत्र नम्बर ४ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य गणेश पौडेलमाथि भएको मसी प्रहार र दुर्व्यवहारको घटनालाई गम्भीरतापूर्वक लिएको छ।

रास्वपाका मुख्य सचेतक कविन्द्र बुर्लाकोटीले शनिबार जारी गरेको विज्ञप्तिअनुसार साउन ७ गते जनतासँगको भेटघाट कार्यक्रम सकेर फर्किने क्रममा सांसद पौडेलमाथि कालो मसी प्रहार गरिएको थियो। दलले यस घटनाको कडा भर्त्सना गरेको छ।

रास्वपाले भनेको छ — लोकतान्त्रिक व्यवस्थामा असहमति र विरोध गर्ने अधिकार सुरक्षित छ, तर जनप्रतिनिधिमाथि हुने हिंसा, दुर्व्यवहार वा अपमानजनक व्यवहार कुनै पनि लोकतान्त्रिक समाजमा स्वीकार्य हुँदैन। यस्ता गतिविधिले विधिको शासन, लोकतान्त्रिक संस्कार र सभ्य राजनीतिक अभ्यासमाथि नै प्रहार गर्छन्।

रास्वपा संसदीय दलले नेपाल सरकार र सम्बन्धित निकायसँग तीन माग राखेको छ: घटनाको निष्पक्ष अनुसन्धान गरी संलग्न व्यक्तिमाथि कानुनबमोजिम कडा कारबाही गर्ने, घटनाको सत्यतथ्य सार्वजनिक गर्ने र भविष्यमा यस्ता घटना नदोहोरिने गरी जनप्रतिनिधिको सुरक्षा सुनिश्चित गर्ने।

विज्ञप्तिमा रास्वपाले लोकतान्त्रिक मूल्य, विधिको शासन, अहिंसात्मक राजनीतिक अभ्यास र सभ्य समाज निर्माणप्रतिको आफ्नो प्रतिबद्धता पुनः दोहोर्याएको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.