राजनिती

काठमाडौं महानगरले ट्रमा सेन्टरलाई ८० लाखका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गर्यो, ३०० बिरामीलाई निःशुल्क उपचार मिल्ने

By अर्जुन भट्टराई •

काठमाडौं महानगरले ट्रमा सेन्टरलाई ८० लाखका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गर्यो, ३०० बिरामीलाई निःशुल्क उपचार मिल्ने

काठमाडौं । काठमाडौं महानगरपालिकाले राष्ट्रिय ट्रमा सेन्टरलाई करिब ८० लाख रुपैयाँ बराबरका अर्थोपेडिक इम्प्लान्ट हस्तान्तरण गरेको छ। महानगरवासी तथा विपन्न र बेवारिसे बिरामीलाई निःशुल्क उपचार उपलब्ध गराउने उद्देश्यले ११५ प्रकारका इम्प्लान्ट सेन्टरलाई दिइएको हो। यी सामग्रीबाट करिब ३०० बिरामीले निःशुल्क उपचार पाउने अनुमान गरिएको छ।

सामग्री हस्तान्तरण कार्यक्रममा महानगरकी कार्यवाहक प्रमुख सुनिता डंगोलले आर्थिक अभावका कारण कोही पनि उपचारबाट वञ्चित हुन नपरोस् भन्ने उद्देश्यले यो सहयोग गरिएको बताइन्।

ट्रमा सेन्टरका निर्देशक डा. रुद्र मरासिनीले महानगरको यस सहयोगबाट सेवा थप प्रभावकारी हुने विश्वास व्यक्त गर्दै सामग्रीको पारदर्शी उपयोग गर्ने प्रतिबद्धता जनाए।

महानगरका स्वास्थ्य विभाग प्रमुख दीपक कुमार केसीका अनुसार सामाजिक सुरक्षा एकाइको सिफारिसका आधारमा विपन्न तथा बेवारिसे बिरामीलाई र महानगरको सिफारिसमा महानगरवासीलाई मौज्दात रहेसम्म निःशुल्क इम्प्लान्ट उपलब्ध गराइनेछ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.