राजनिती

हर्क साम्पाङविरुद्ध जानकी मन्दिर अगाडि हिन्दूवादी संस्थाहरूको विरोध प्रदर्शन

By अर्जुन भट्टराई •

हर्क साम्पाङविरुद्ध जानकी मन्दिर अगाडि हिन्दूवादी संस्थाहरूको विरोध प्रदर्शन

जनकपुर । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिरमा आउने कार्यक्रम तय भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले मन्दिर अगाडि विरोध प्रदर्शन गरेका छन्।

प्रदर्शनकारीहरूले जानकी मन्दिर अगाडि नाराबाजी गर्दै आफ्नो असन्तुष्टि व्यक्त गरिरहेका छन्। क्रिश्चियन धर्म मान्ने साम्पाङलाई हिन्दुहरूको आस्थाको केन्द्र मानिने जानकी मन्दिरभित्र प्रवेश गर्न दिनु हुँदैन भन्दै हिन्दूवादी सङ्घसंस्थाहरूले कडा आपत्ति जनाएका हुन्।

स्थितिलाई नियन्त्रणमा राख्न हाल जानकी मन्दिर बाहिर र परिसरभित्र भारी संख्यामा प्रहरी परिचालन गरिएको छ। केही समयअघि मात्र श्रम संस्कृति पार्टीका कार्यकर्ताहरू मन्दिर परिसरभित्र प्रवेश गर्न खोज्दा उनीहरूलाई त्यहाँबाट लखेटिएको छ।

हर्क साम्पाङ आज विभिन्न कार्यक्रमहरूमा सहभागी हुन जनकपुरधाम आउने कार्यक्रम रहेको छ।

Comments

Leave a Comment

Your comment will be reviewed before publishing.